Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार

अर्थ संसार

आइतबार, २३ असार २०८१, १७ : २५ मा प्रकाशित

लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार

लक्ष्मी सनराइज बैंकले काठमाडौं जिल्लाको कागेश्वरी मनोहरामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ ।

काठमाडौं जिल्लाको बौद्धमा रहेका २ शाखा मध्ये गोकर्णेश्वर नगरपालिका वडा न.६ स्थित शाखा कागेश्वरी मनोहरा नगरपालिका वडा न.५ को थलीमा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको बौद्ध शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको बौद्व पिपलबोटको शाखा (हालको स्थान बाट ४०० मिटर) मार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ ।

स्थानान्तरण भए सँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरु प्रदान गर्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको