Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी सनराइज बैंकले गर्यो काठमाडौंको कपनमा सेवा विस्तार

अर्थ संसार

आइतबार, १३ जेठ २०८१, १४ : ४९ मा प्रकाशित

लक्ष्मी सनराइज बैंकले गर्यो काठमाडौंको कपनमा सेवा विस्तार

लक्ष्मी सनराइज बैंकले काठमाडौको कपनमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ ।

लक्ष्मी सनराइज बैंकले काठमाडौको कपनमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ। बैंकले बुढानिलकण्ठ नगरपालिका १०, कपनमा रहेका २ शाखा मध्ये रुद्रमती चोकको शाखा सोही नगरपालिकाको वडा न.१२ स्थित फैकामा स्थानान्तरण गरेको हो। स्थानान्तरण गरिएको साविकको रुद्रमती चोकको शाखाका ग्राहकहरुले कपनकै पञ्चकन्या चोकमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्नेछन्।

स्थानान्तरण भएसँगै लक्ष्मी सन् राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायहरुलाई सबै प्रकारका रिटेल बैंकिङ्ग सेवाहरु प्रदान गर्नेछ ।

साथै, आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र सहज सेवा प्रदान गर्न बैंकले बर्दिबासमा रहेका आफ्ना २ वटा शाखा गाभी साविक सन्राइज बैंकको शाखा रहेको स्थान  औरही चोक (हालको स्थानभन्दा २०० मिटर पश्चिमतर्फ), बर्दिबास नगरपालिका–१, महोत्तरीबाट संयुक्त कारोबार सुरु गरेको छ ।

हाल बैंकको सञ्जालमा ५९ जिल्लामा २५५ शाखा, ३१९ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १२९ शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको