Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्सको नाफा १०१%ले बढ्यो, इपिएस ४९.८२ रुपैंया

अर्थ संसार

आइतबार, ३० बैशाख २०८१, ०८ : २३ मा प्रकाशित

नेपाल इन्स्योरेन्सको नाफा १०१%ले बढ्यो, इपिएस ४९.८२ रुपैंया

नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

बढ्यो नाफा 
नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको चैत महिना सम्म ६१ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३० करोड ५४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १०१ प्रतिशतले बढेको हो ।

बिमा शुल्क आर्जन बढ्यो 
कम्पनीले यस आर्थिक वर्षको पहिलो नौ महिनामा १ अर्ब १९ करोड १९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब १० करोड ३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

खुद बीमा शुल्क आर्जन सामान्य घट्यो 
कम्पनीले चैत सम्म  ४९ करोड १३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४९ करोड ८७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन सामान्य घटेको देखिन्छ ।

लगानी मार्फत आएको मुनाफाको असर रिपोर्टमा 
कम्पनीको नाफा बढ्नुको कारण कम्पनीको लगानी मार्फत आएको मुनाफा बढेको मुख्य कारण देखिन्छ। यस आर्थिक वर्षमा लगानी मार्फतको मुनाफा ७९ करोड ६८ लाख रहेको छ। गत आर्थिक वर्षको सोहि अवधिमा यो मुनाफा केबल २३ करोड ४८ लाख रहेको थियो। 

पूँजी 
१ अर्ब ६४ करोड ४२ लाख रुपैयाँ

स्पेशल रिर्जभ
१ अर्ब ३३ करोड १६ लाख रुपैयाँ 

जगेडा कोष
२७ करोड ४५ लाख रुपैयाँ 

अन्य इक्वटीमा
११ करोड २९ लाख रुपैयाँ 

प्रति सेयर आम्दानी
४९ रुपैयाँ ८२ पैसा 

प्रति सेयर नेटवर्थ
२१० रुपैयाँ ३३ पैसा 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको