Like us!
Follow us!
Connect us!
Watch us!

वानएक्स बेट लगायत सट्टेबाजी, क्रीप्टोकरेन्सीमार्फत दुई अर्ब बढीको कारोबार गरेका ढुङ्गाना पक्राउ

अर्थ संसार

सोमबार, ३१ बैशाख २०८१, १३ : २३ मा प्रकाशित

वानएक्स बेट लगायत सट्टेबाजी, क्रीप्टोकरेन्सीमार्फत दुई अर्ब बढीको कारोबार गरेका ढुङ्गाना पक्राउ

क्रीप्टोकरेन्सी कारोबार, जुवा३६५, वानएक्स बेट लगायत सट्टेबाजीमार्फत २ अर्ब १ करोड भन्दा बढी रकमको कारोबार गर्ने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपलिका वडा नं. ८ घर भई हाल भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नं. २ बस्दै आएका २४ वर्षीय अनिल ढुङ्गाना रहेका छन् । उनी सट्टाबाजी लगाउन रकम संकलन गर्ने-गराउने, क्रीप्टोकरेन्सी कारोबार गर्ने सक्रिय एजेन्ट रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान गर्दै जाँदा ढुङ्गानाले विभिन्न व्यक्तिहरुको नाममा रहेका मोबाइल नम्बरहरुबाट ११ वटा कनेक्ट आइपिएस खाता, १५ वटा इसेवा खाता लगायत सोहि खाताहरुमा लिङ्क भएका ५६ वटा बैंक खाता गरी हाल सम्म  २ अर्ब १ करोड अठार लाख चवालिस हजार एक सय दुई रुपैयाँ बराबरको कारोबार गरेको फेला परेको प्रहरीले जनाएको छ ।

उनले बाइनान्समार्फत २ वटा खाता प्रयोग गरी विभिन्न २४३ प्रकारका क्रिप्टोकरेन्सीको हाल नेपाली एक अर्ब ३४ करोड ५२ लाख ९१ हजार दुई सय रुपैयाँ बराबरको कारोबार गरेको भेटिएको थियो । यसैगरी बिभिन्न नामबाट २४ थान पायोनियर कार्ड लिएर विदेशी मुद्राको समेत कारोबार गरेको भेटिएको प्रहरीको भनाई छ । उनी सामाजिक सञ्जालमा जुवा३६५ नामको पेजको आधिकारिक मालिक पनि रहेको प्रहरीले जनाएको छ ।

ढुङ्गानालाई नेपालको प्रचलित कानुन बमोजिम मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को उपदफा ४ र सोहि संहिताको दफा १६२ (क) १ बमोजिमको कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाइएको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको