Like us!
Follow us!
Connect us!
Watch us!

हिरासतबाट निकोलसको स्टाट्स:‘हाल मामाघरमा छु’

अर्थ संसार

सोमबार, ३१ बैशाख २०८१, १४ : ०१ मा प्रकाशित

हिरासतबाट निकोलसको स्टाट्स:‘हाल मामाघरमा छु’

सन्दीप लामिछानेको पक्षमा अभिव्यक्ति दिँदा पक्राउ  परेका अभियन्ता डा.निकोलस भुसालले प्रहरीको हिरासतबाट स्टाट्स लेख्दै हाल मामाघरमा रहेको बताएका छन्।

सोमबार प्रहरीको हिरासतबाट समाजिक सञ्जालमा स्टाटस लेख्दै डा.भुसालले स्टाट्स लेख्दै हाल मामाघरमा रहेको बताएका हुन्।

उनले स्टाट्समा  लेखेका छन् । ‘हाल मामाघरमा छु ’ । ‘ मामाले आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन् र भान्जालेपनि आफ्नो कर्तव्य निर्वाह गरिरहेको छ। समय र परिस्थितिले मामा र भान्जा भेट भएको छ। बाँकी अपडेट दिइरहनेछु’ 

क्रिकेटर सन्दीप लामिछानेको पक्षमा अभिव्यक्ति दिँदै गर्दा डा.भुसाललाई प्रहरीले आइतबार सर्वोच्च अदालत अगाडिबाट प्रदर्शन गर्ने क्रममा पक्राउ गरेको थियो।

निकोलसले सन्दीपलाई न्याय दिनुपर्ने भन्दै दबाबमूलक कार्यहरू गर्दै आएका छन् । केही दिनअघि उनीसहित सयौँ युवाले कलंकीमा र्‍याली निकालेका थिए ।

हिजो पनि केही युवाहरूसहित उनले सर्वोच्च अगाडि गएर प्रदर्शन र नाराबाजी गरेका थिए । प्रहरीले उनलाई मात्रै पक्राउ गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको