Like us!
Follow us!
Connect us!
Watch us!

जीवन बीमा कम्पनीको बीमा शुल्क १२ प्रतिशत बढ्यो, कसको कति ?

अर्थ संसार

मंगलबार, ०१ जेठ २०८१, १४ : ३७ मा प्रकाशित

जीवन बीमा कम्पनीको बीमा शुल्क १२ प्रतिशत बढ्यो, कसको कति ?

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । सार्वजनीक भएको रिपोर्ट अनुसार कम्पनीहरुको ब्यवसायमा सुधार भएको छ  । 

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले १ खर्ब १२ अर्ब ३२ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा उक्त ब्यवसाय १२.२६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीहरुले १ खर्ब ५ करोड ७४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

यसअवधिमा सबैभन्दा बढी कुल बीमा शुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफको अग्रताका कायमै रहेको छ । कम्पनीले यसअवधिमा २९ अर्ब ४३ करोड १० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, कुल बीमा शुल्क आर्जन गर्ने दोस्रो नम्बरमा नेशनल लाइफले १२ अर्ब ९० करोड २८ लाख रुपैयाँ, तेस्रो नम्बरमा एलआइसी नेपालले १२ अर्ब ८९ करोड ७४ लाख रुपैयाँ, चौथो नम्बरमा हिमालयन लाइफले १२ अर्ब ३३ करोड १३ लाख रुपैयाँ, पाँचौ नम्बरमा राष्ट्रिय जीवन बीमा कम्पनीले ७ अर्ब ६९ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, क्रमशः सूर्यज्योति लाइफले ६ अर्ब ५२ करोड रुपैयाँ, एशियन लाइफले ५ अर्ब ७५ करोड, रुपैयाँ, सानिमा रिलायन्सले ४ अर्ब २७ करोड रुपैयाँ, सिटिजन लाइफले ४ अर्ब २४ करोड रुपैयाँ, मेट लाइफले ४ अर्ब १३ करोड रुपैयाँ, आइएमई लाइफले ३ अर्ब २९ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ६ करोड रुपैयाँ, रिलायबल नेपालले २ अर्ब ७८ करोड रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ७८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको