Like us!
Follow us!
Connect us!
Watch us!

१३ अर्ब ९६ करोडले बढ्यो जीवन बीमा कम्पनीको ब्यापार,नेपाल लाइफ सबैभन्दा अगाडी

अर्थ संसार

बुधबार, १६ साउन २०८१, १४ : ०९ मा प्रकाशित

१३ अर्ब ९६ करोडले बढ्यो जीवन बीमा कम्पनीको ब्यापार,नेपाल लाइफ सबैभन्दा अगाडी

गत आर्थिक वर्ष २०८०/०८१ मा जीवन बीमा कम्पनीहरुको व्यापार १० प्रतिशतले अर्थात् १३ अर्ब ९६ करोड २४ रुपैयाँ बढेको छ ।  यो नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक हो । 

गत आवमा जीवन बीमा कम्पनीहरुले १ खर्ब ५६ अर्ब ३१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । उक्त बीमाशुल्क संकलन अघिल्लो आवको तुलनामा ९.८० प्रतिशत बढि हो । अघिल्लो आवमा जीवन बीमा कम्पनीहरुले १ खर्ब ४२ अर्ब ३५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । 

गत आवमा सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफले संकनल गरेको छ । गत आवमा नेपाल लाइफले ४० अर्ब ५ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो कुल व्यवसायमा २६.१३ प्रतिशत योगदन हुन आउँछ । नेपाल लाइफले अघिल्लो आवको तुलनामा व्यापार ९.८९ प्रतिशत बढाएको हो । अघिल्लो आवमा कम्पनीले ३७ अर्ब १७ करोड ५१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

नेपाल लाइफपछि दोस्रो ठुलो हिस्सा भने नेशनल लाइफको १२.२ प्रतिशत छ । गत आवमा नेशनल लाइफले १९ अर्ब २० करोड २८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यता, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) ले पनि १८ अर्ब ९ करोड ९७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको कुल व्यवसायमा १०.६२ प्रतिशत हिस्सा छ। एलआइसी नेपालले व्यापार एक वर्षमा ३.६६ प्रतिशत बढाएको हो । अघिल्लो आवमा कम्पनीले १७ अर्ब ४६ करोड १४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

व्यवसाय बढाउन प्रभु महालक्ष्मी र नेशनल लाइफ तगडा, एशियन र आइएमई पनि शीष सूचीमा

व्यवसाय वृद्धि गर्न भने प्रभु महालक्ष्मी लाइफ अगाडि देखिएको छ। प्रभु महालक्ष्मीले अघिल्लो वर्ष ३ अर्ब ६५ करोड ९५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । तर, गत वर्ष आइपुग्दा भने १९.४८ प्रतिशत बढाएर ४ अर्ब ३७ करोड २४ लाख रुपैयाँ पुगेको छ।

व्यवसाय बढाउन नेशनल लाइफ पनि तगडा देखिएको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा १६।८७ प्रतिशत व्यापार बढाएको हो ।

यस्तै, तेस्रो सूचीमा रहेको एशियन लाइफले पनि गत वर्ष ८ अर्ब ५ करोड १५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १४.७४ प्रतिशत बढी हो । यता, आइएमई लाइफले पनि व्यापार १३.३० प्रतिशत बढाएर ४ अर्ब ७४ करोड १३ लाख रुपैयाँ पुर्याएको छ ।

यस्तै, हिमालयन लाइफको पनि ११.५० प्रतिशत बढाएको छ। यता, रिलायवल नेपाल पनि व्यापार दोहोरो अंक (१०.८६ प्रतिशत) ले बढाएको छ । समिक्षा वर्षमा सूर्यज्योति लाइफले व्यापार ७.७९ प्रतिशत बढाएर ९ अर्ब ४९ करोड ७८ लाख रुपैयाँ पुयाएको छ ।

यता, राष्ट्रिय जीवन बीमा कम्पनीले पनि ४.८७ प्रतिशत बढाएर ८ अर्ब ७१ करोड ४९ लाख, सिटिजनले ५.४२ प्रतिशत बढाएर ६ अर्ब २१ करोड ५३ लाख, सानिमा रिलायन्सले ९.१३ प्रतिशत बढाएर ६ अर्ब १८ करोड ८३ लाख, मेट लाइफले ९.९२ प्रतिशत बढाएर ५ अर्ब ६७ करोड ८९ लाख रुपैयाँ पुर्याएका छन् । गत वर्ष सन नेपाल लाइफले भने ३ अर्ब ८८ करोड ५४ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको