चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुले करिब साढे ३ अर्ब रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन्।
हाल सञ्चालनमा रहेका १४ वटा बीमा कम्पनीले सार्वजनिक गरेका दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीहरुले कुल ३ अर्ब ४८ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। यो गत आवको तुलनामा १४.८५ प्रतिशतले बढी हो ।
अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुले ३ अर्ब ३ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए।
मुनाफा आर्जनमा को अगाडी ?
मुनाफा आर्जनको आधारमा नेपाल लाइफ र हिमालयन लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेका छन् ।
- नेपाल लाइफ इन्स्योरेन्सको मुनाफा ९.४५ प्रतिशतले बढेर ४६ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।
- हिमालयन लाइफको मुनाफा ८.७३ प्रतिशतले बढेर ३७ करोड ६२ लाख रुपैयाँ पुगेको छ ।
अन्य कुनको मुनाफा कति ?
यस अवधिमा रिलायबल नेपाल लाइफले ३५ करोड तीन लाख रुपैयाँ मुनाफा कमाउन सफल भएको छ । त्यस्तै, चालु आवको पुष मसान्तसम्ममा सन नेपाल लाइफले २८ करोड २२ लाख रुपैयाँ, नेशनल लाइफले २७ करोड ९१ लाख रुपैयाँ, आइएमई लाइफले २६ करोड ७८ लाख रुपैयाँ, एशियन लाइफले २५ करोड तीन लाख रुपैयाँ सानिमा रिलायन्स लाइफले २३ करोड १६ लाख रुपैयाँ र सिटिजन लाइफले २३ करोड नौ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
समीक्षा अवधिमा मेट लाइफ नेपालले २२ करोड २५ लाख रुपैयाँ, सूर्यज्योति लाइफले १९ करोड ६१ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १८ करोड २५ लाख रुपैयाँ, एलआइसी नेपालको १४ करोड १८ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीको ८० लाख ६५ हजार रुपैयाँ खुद नाफा रहेको छ ।
बृद्धिदरको आधारमा को अगाडी
सिटिजन लाइफ इन्स्योरेन्स - मुनाफा ८६.७८ प्रतिशतले बृद्धि
एशियन लाइफ - मुनाफा ५६.५५ प्रतिशतले बृद्धि
- रिलायबल नेपाल लाइफ - मुनाफा ५१.७० प्रतिशतले बृद्धि भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस