Like us!
Follow us!
Connect us!
Watch us!

७ महिनामा जीवन बीमा कम्पनीबाट ८.५९ अर्बको पोलिसी सरेण्डर,कुन कम्पनीबाट कति रकम बाहिरियो ?

अर्थ संसार

सोमबार, १९ फागुन २०८१, १५ : ३२ मा प्रकाशित

७ महिनामा जीवन बीमा कम्पनीबाट ८.५९ अर्बको पोलिसी सरेण्डर,कुन कम्पनीबाट कति रकम बाहिरियो ?

 चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुबाट साढे ८ अर्ब भन्दा बढीको पोलिसी सरेण्डर भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुमा माघ मसान्तसम्ममा ८ अर्ब ५९ करोड २ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको हो । यो अवधिमा जीवन बीमा कम्पनीहरुबाट ६२ लाख २३ वटा पोलिसी मार्फ त उक्त रकम बराबरको पोलिसी सरेण्डर भएको छ ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा एलआईसी नेपालको सर्वाधिक बीमा पोलिसी सरेण्डर भएको छ । कम्पनीको १५ हजार ३६५ वटा बीमा पोलिसी वापत दुई अर्ब ५९ करोड रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ ।

पोलिसी सरेण्डरको आधारमा नेपाल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीको १४ हजार २५ वटा बीमा पोलिसी वापत दुई अर्ब दुई करोड ३६ करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ। बीमा प्राधिकरणको तथ्यांक अनुसार सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको ७८ करोड ६४ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ । 

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सको ५५ करोड १५ रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सको ५४ करोड १९ लाख रुपैयाँ, सूर्य ज्योति लाइफ इन्स्योरेन्सको ४६ करोड ९९ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको ३७ करोड ८१ लाख रुपैयाँ र मेट लाइफको २४ करोड १२ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएका छन् ।

त्यस्तै, सात महिनाको अवधिमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १५ करोड ३६ लाख रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सको १२ करोड १३ लाख रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सको १४ करोड ९१ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १२ करोड ४६ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ४३ लाख रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्सको चार करोड ५५ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको