Like us!
Follow us!
Connect us!
Watch us!

७% ले बढ्यो जीवन बीमा कम्पनीको व्यवसाय ,अग्रस्थानमा नेपाल लाइफ हुँदा अन्य कुनको कति ?

अर्थ संसार

आइतबार, १६ मंसिर २०८१, १५ : ४१ मा प्रकाशित

७% ले बढ्यो जीवन बीमा कम्पनीको व्यवसाय ,अग्रस्थानमा नेपाल लाइफ हुँदा अन्य कुनको कति ?

आर्थिक वर्ष २०८१ /८२ को पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय ७.४७ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा सञ्चालित १४ कम्पनीहरुले ४४ अर्ब ४२ करोड ९२ लाख रुपैयाँको बीमा व्यवसाय गरेका छन् ।  अघिल्लो वर्षको सोही अवधिमा यी कम्पनीहरुले ४० अर्ब ३५ करोड ४७ लाख ३४ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका थिए ।

कुनको कति ?

यस अवधिमा सबैभन्दा बढी बीमा व्यवसाय गर्ने कम्पनीहरुमा नेपाल लाइफ अग्रस्थानमा रहेको छ । कम्पनीले यस अवधिमा ११ अर्ब ८१ करोड १९ लाख ७० हजार रुपैयाँ बीमा व्यवसाय  गरेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब ८५ करोड ११ लाख २० हजार बीमा व्यवसाय  गरेको छ । 

त्यस्तै,राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ५९ करोड २१ लाख ४२ हजार ,एलआइसी नेपालले ४ अर्ब ५४ करोड ८४ लाख ३५ हजार  हिमालयन लाइफले ४ अर्ब १७ करोड १ लाख ९३ हजार ,सूर्यज्योति लाइफले २ अर्ब ४५ करोड ,एशियन लाइफले २ अर्ब १ करोड  ,सिटिजन लाइफले १ अर्ब ६५ करोड,सानिमा रिलायन्स लाइफले १ अर्ब ५० करोडको बीमा व्यवसाय  गरेका छन् ।

त्यसैगरी मेट लाइफले १ अर्ब ३७ करोड,प्रभु महालक्ष्मी लाइफले १ अर्ब १७ करोड ,आइएमई लाइफले १ अर्ब १६ करोड ,रिलायबल नेपाल लाइफले १ अर्ब १२ करोड ,सन नेपाल लाइफले १ अर्ब ३ करोडको बीमा व्यवसाय  गरेका छन् ।

यस अवधिमा व्यवसाय वृद्धिदरको आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीको व्यवसाय २३ प्रतिशतले बृद्धि भएको छ ।

त्यस्तै, रिलायबल नेपाल लाइफ दोस्रो स्थानमा रहेको छ । कम्पनीको व्यवसाय १९ प्रतिशतले बढेको छ । साथै, नेशनल लाइफको व्यवसाय १७.१९ प्रतिशत, सिटिजन लाइफको १६.१९ प्रतिशत र आइएमई लाइफ इन्स्योरेन्सको १० प्रतिशतले व्यवसाय बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको