Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा भित्री कारोबार गरेको आरोपमा हाइड्रोविज्ञ प्रधानमाथि २६ करोड रुपैयाँको मुद्दा दायर

अर्थ संसार

आइतबार, ३० मंसिर २०८१, १६ : २८ मा प्रकाशित

सेयर बजारमा भित्री कारोबार गरेको आरोपमा हाइड्रोविज्ञ प्रधानमाथि २६ करोड रुपैयाँको मुद्दा दायर

 सेयर बजारमा भित्री कारोबार गरेको आरोपमा हाइड्रोविज्ञ ज्ञानेन्द्रलाल प्रधानमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सरकारी वकिलको कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा २६ करोड रुपैयाँ माग दाबीसहित मुद्दा दायर गरेको हो ।

सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले शुक्रबार प्रधानमाथि २६ करोड रुपैयाँ माग दाबी गर्दै सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरेको बताए । प्रधान नेपाल हाइड्रो डेभलपर्समा अध्यक्ष हुँदा भित्री सूचना पाएर कानून विपरित सेयर कारोबार गरेर लाभ लिएको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको जनाइएको छ । उनले गैह्रकानूनी रुपमा २६ करोड कमाएको सरकारी वकिलको कार्यालयको ठहर छ ।

प्रधानविरुद्ध शुक्रवार दायर गरिएको मुद्दामा सम्पत्ति शुद्धीकरणसम्बन्धी कानूनी कारबाहीको माग गरिएको छ। 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको