Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको रौनक कति दिनलाई ?

अर्थ संसार

सोमबार, २८ साउन २०८१, १० : ०५ मा प्रकाशित

सेयर बजारको रौनक कति दिनलाई ?

पछिल्ला केही वर्षमा बजार स्थिरजस्तो देखिएको बजार नयाँ सरकार आउनु र मौद्रिक नीतिले निकै उकालो लागेको छ  । 

करिब ३२०० को बजार घटेर १८०० मा आइपुग्यो र लामो समय बजार १८०० र २००० बिन्दुको वरीपरी नै घुम्यो । कारोबार रकम पनी ४, ५ अर्बको हुने बजारमा दैनिक २३,२४ हुँदै २५ अर्बसम्मको कारोबार हुन थाल्यो । जुन समयमा विभिन्न सेयर विज्ञले आ–आफ्नै धारणा बनाए पनि अर्थमा  पौडेल आएपछि  बजार उकालो लागेको लगानीकर्ताहरूको प्रतिक्रिया छ।  पौडेलको अर्थ मन्त्रालयमा आगमनले लगानीकर्तामा नयाँ आशा देखिएको छ। उनका नीतिप्रति बजारको सकारात्मक प्रतिक्रिया देखियो ।

हिजो आइतबारकै कुरा गर्ने हो भने पनि एकै दिन २५ अर्ब ७७ करोडको कारोबार भएको छ । जुन हालसम्मकै उच्च हो ।
तर, यो उत्साह सधैँ उस्तै भने छैन । गत मंगलबार, बजार एकाएक १४५ अंकले ओरालो लाग्यो । महिना दिनसम्म उकालो यात्रा गरिरहेको बजार एकाएक तल झर्दा लगानीकर्तामा आशंका उत्पन्न भयो । कारोबार समय सक्किनेबित्तिकै सामाजिक सञ्जालमा सेयरको चर्चा बढ्यो । लगातारको बजार वृद्धिलाई देखेर केही सेयर विज्ञले बजार बढ्नु र घट्नु एउटा स्वाभाविक प्रक्रिया भएको सामाजिक सञ्जालमा लेखेका पनी छन् ।

कतिपयले लगानीकर्ताले प्रतिनिधि सभामा पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले सेयर मार्केटमा गति देखिए पनि ‘बुलिस ट्रेन्ड’ हुनुलाई सहज र स्वाभाविक रूपमा लिन नसकिने तर्क राखेकाले बजारमा पहिरो गएको टिप्पणी गरे । उनी मात्र नभएर प्रतिनिधि सभामा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पनि संसदमा आकस्मिक समयमा बोल्दै सेयर बजारमा माफियाको चलखेल भएको भन्दै आक्रोश पोखेका कारण सेयर बजारमा पहिरो गएको टिप्पणी गरेका छन् ।

सांसद सिहंले केही लगानीकर्ताको नाम र कम्पनीको सेयर मूल्यमा भइरहेको उछाललाई नै देखाउँदै चलखेल भइरहेको दाबी गरेका थिए । उनीहरूको यस्ता अभिव्यक्तिपश्चात् मंगलबार सेयर बजार एकै दिन १४५ अंकले घटेको हो ।  मंगलबार बजार ओरालो लागेको पनी बुधबारको सेयर कारोबारले ओरालो लागेको बजारको खाडल पुरिदिएको छ ।

हिजो आइतबार मात्रै बजार ९४.४६ अंकले बढेर २८६०.८४ अंकको विन्दुमा पुगेको छ । यस दिन कारोबार रकम पनी हालसम्मकै उच्च छ । 
आजभन्दा एक महिनाअघिको तुलना गर्दा बजार बढेको हेर्ने हो भने समग्र कम्पनीको सेयर मूल्य बढेको छ । अर्थतन्त्र भने उस्तै छ । यानिकी अर्थतन्त्र शिथिल नै छ ।

सेयर बजारमा भने वित्तीय स्थिती कम्जोर भएका कम्पनीको पनि सेयर मूल्य बढेको छ । यसले बजारको वृद्धि अलि अस्वाभाविक हो कि भन्ने आशंकालाई बल पु¥याएको छ ।  राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थालाई खराब कर्जा र वित्तीय विवरणमा सुधार ल्याउन नीतिगत लचकता ल्याएकाले बैंक वित्तीय संस्थाको सेयरप्रतिको आकर्षण स्वाभाविक हुन सक्छ । तर, राम्रा–नराम्रा सबैखाले कम्पनीको सेयर मूल्य बढ्नुले सर्वसाधारणको लगानी जोखिममा पर्न सक्ने देखिन्छ ।

अहिले बढ्दा धेरैले यसलाई ‘बुल बजार’ भनिरहेका छन् । तर, यत्तिकै भरमा बुल भन्न मिल्ला त ?  सेयर बजारको यो रौनक कति दिनलाई ? बजार एक्कासीबढेको छ भने त्यो कतैबाट म्यानुपुलेटेड त होइन ?  यी यस्ता प्रश्न सबैको मनमा छन् । यो सोचेर मात्रै लगानी गर्नुपर्छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको