Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारले लय समातेको हो ?

अर्थ संसार

आइतबार, २० असोज २०८१, १७ : ३१ मा प्रकाशित

सेयर बजारले लय समातेको हो  ?

करिब डेढ महिनायता खराब प्रदर्शन गरिरहेको सेयर बजारमा उछाल आएको छ । बजारमा उच्च सुधार आउँदा परिसूचक समेत उकालो लागेको हो । पछिल्ला केहि दिन घटेको बजार गत सातादेखि भने सुधार देखिएको हो ।

आज मात्रै बजार ५६.०९ अंकले बढेर २६५३.५८ को विन्दुमा बन्द  भएको छ । आज सेयर बजारमा सूचीकृत ३०८ वटा कम्पनीको एक करोड ५० लाख ४६ हजार कित्ता सेयर खरिद–बिक्री भएर ६ अर्ब १३ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ ।

गत भदौ महिनायता बजारले सकारात्मक गति लिन सकेको थिएन । लगानीकर्ताको सम्पतिमा भारी गिरावट आएको थियो । बजारका नयाँ, साना र आम लगानीकर्ता भने छोटो अवधिमै निरन्तरजसो नेप्से घट्दा प्यानिक देखिएका थिए । कतिपय अनुभवी लगानीकर्ताले भने करेक्सन नै भएको समेत बताएका थिए । तर, गत सातादेखि सुधारिएको बजारले लगानीकर्तामा उत्साह जगाएको छ । दशैंको मुखमा नै बजारमा सुधार देखिएपछि लगानीकर्ता खुसी छन् । कम्पनीहरुको सेयर मुल्यमा समेत सुधार देखिएको छ । दशैंको बिक्री दबाबले घटी रहेको बजार अब भने सुधार तिर जाने अपेक्षा लगानीकर्ताहरुको रहेको छ । नाफा बुक गरि सकेको र दशैंका लागि आवश्यक जोहो भइसकेको हुँदा बजार अब सकारात्मक यात्रा तिर अघि लम्किने विश्वास रहेको छ ।

यस्तै, सेयर बजार सुधारका लागि अहिले समग्र माहोल सकारात्मक देखिएको छ । मुख्य कुरा बैंक ब्याजदर घटेको छ । बैंकिङ प्रणालीमा तरलता निकै सहज अवस्थामा छ । यसले सेयर बजारमा सकारात्मक प्रभाव पार्ने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको