Like us!
Follow us!
Connect us!
Watch us!

३४ अंकले बजार बढ्दा २३ अर्ब ४३ करोडको कारोबार

अर्थ संसार

बुधबार, ३० साउन २०८१, १५ : १९ मा प्रकाशित

३४ अंकले बजार बढ्दा २३ अर्ब ४३ करोडको कारोबार

नेपाल स्टक एक्चेञ्ज (नेप्से) आज  ३४.२९ अंकले बढेर २९५७.७५ को विन्दुमा कायम भएको छ।आज बजारमा  २३ अर्ब ४३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ८६ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ८४ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अपिको ७५ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ९ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, मातृभूमि लघुवित्त, एचआइडीसीएल, माउन्टेन हाइड्रो, हिमालयन हाइड्रो, इङ्वा हाइड्रो र अपर स्याङ्गे हाइड्रोका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मन्दाकिनी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको