Like us!
Follow us!
Connect us!
Watch us!

करिब आठ करोड रुपैयाँको कोकेनसहित तीन विदेशी महिला पक्राउ

अर्थ संसार

विहीबार, ०३ जेठ २०८१, १४ : १५ मा प्रकाशित

करिब आठ करोड रुपैयाँको कोकेनसहित तीन विदेशी महिला पक्राउ

प्रहरीले सात करोड ९६ लाख २० हजार रुपैयाँ बराबरको कोकेनसहित तीन विदेश महिलालाई पक्राउ गरेको छ ।

काठमाडौंका विभिन्न स्थानबाट युगान्डाका दुई र एक भारतीय महिलालाई २ किलो ६५४ ग्राम कोकेनसहित प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा कतारबाट काठमाडौं आएकी युगान्डाकी ४४ वर्षीया केभिना मुगाला, युगान्डाकै लिलियन सुजान र भारतकी ३३ वर्षीया देवाजनी पाल रहेका छन् । मुगाला सिनामंगलबाट तथा सुजान र देवाजनीलाई धोबिचौरबाट पक्राउ परेका हुन् ।

मुगालाले निलेर पेटभित्र लुकाएर ल्याएको ९० ट्याब्लेट कोकेनलाई नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचार गरि निकालिएको थियो । उक्त क्याप्सुलको कुल तौल एक किलो २६० ग्राम रहेको प्रहरीले जनाएको छ । यसैगरी सुजानले लिएर आएको एक किलो ३९४ ग्राम कोकेन लिन पुगेकी भारतीय नागरिक देवाजनीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त कोकेन सुटकेशभित्र स्निकर चकलेटमा लुकाई ६३ वटा प्लास्टिकले र्‍याप गरिएको अवस्थामा फेला परेको थियो ।

उनीहरु सबै लागूऔषध ओसारपसार गर्ने अन्तर्राष्ट्रिय गिरोहसँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको