Like us!
Follow us!
Connect us!
Watch us!

टिट्वान्टी विश्वकप अघि नेपालको वार्मअप खेल अमेरिका र क्यानडासँग

अर्थ संसार

शुक्रबार, ०४ जेठ २०८१, ०७ : २५ मा प्रकाशित

टिट्वान्टी विश्वकप अघि नेपालको वार्मअप खेल अमेरिका र क्यानडासँग

टिट्वान्टी विश्वकप अघि नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल खेल्ने भएको छ ।

विश्वकप अघि आईसीसीले प्रदान गर्ने दुई तयारी खेलमा नेपालले क्यानडासँग २७ मेमा र अमेरिकासँग ३० मेमा खेल्न लागेको हो । विश्वकपको मुख्य प्रतियोगिता जुन १ देखि २९ सम्म वेष्टइण्डिज र अमेरिकामा आयोजना हुँदैछ । यसपटकको विश्वकपमा नेपालसहित २० टोली सहभागी छन् । 

चार समूहमा ५-५ टोली छन् जसबाट हरेक समूहका शीर्ष दुई टोली सुपर-८ मा पुग्नेछन् । समूहमा 'डि' मा परेको नेपालसँगै बंगलादेश, नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र श्रीलंका रहेका छन् । नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको