Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा झिनो सुधार,३ अर्ब ८९ करोडको कारोबार

अर्थ संसार

सोमबार, १४ जेठ २०८१, १५ : १५ मा प्रकाशित

सेयर बजारमा झिनो सुधार,३ अर्ब ८९ करोडको कारोबार

आज साताको दोस्रो दिन सेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से ३.९३ अकंले बढेर २१११.६१ बिन्दुमा बन्द भएको छ । त्यस्तै आज नेप्सेमा ३ अर्ब ८९ करोड ३७ लाख ६४ हजार रुपैयाँको कारोबार भएको हो ।

साताको दोस्रो कारोबारको दिन २ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज मुक्तिनाथ कृषि कम्पनी र नेपाल हाउजिङको सेयरमा सकारात्मक सर्किट लागेको हो ।

आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज उक्त कम्पनीको २० करोड ४० लाख रुपैयँको सेयर कारोबार भएको छ ।

आज सिइडिबी हाइड्रोपावरको १८ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । पोखरा फाइनान्सको १८ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । कालिञ्चोक दर्शनका लगानीकर्ताले ९.७९ प्रतिशतका दरले कमाएका छन् । पोखरा फाइनान्सका लगानीकर्ताले ८.४० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै बुद्ध भुमि नेपालका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको