Like us!
Follow us!
Connect us!
Watch us!

मकर जितुमाया सुरी हाइड्रोको २६ लाख कित्ता सेयरको लकइन अवधि आजबाट समाप्त

अर्थ संसार

बुधबार, १६ जेठ २०८१, ०८ : ०२ मा प्रकाशित

मकर जितुमाया सुरी हाइड्रोको २६ लाख कित्ता सेयरको लकइन अवधि आजबाट समाप्त

मकर जितुमाया सुरी हाइड्रोको २६ लाख कित्ता भन्दा बढी संस्थापक सेयरको लकइन आजबाट समाप्त भएको छ ।

कम्पनीले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीमध्येका विदेशी लगानीकर्ता डोल्मा इम्प्याक्ट-१ का प्रतिनिधिले सञ्चालक पदबाट राजीनामा दिएका हुनाले उक्त सेयरधनीले धारण गरेको २६ लाख ५ हजार नौ सय कित्ता सेयरको लकइन समय जेठ १६ गते समाप्त हुने जनाएको हो । उल्लेखित सञ्चालकले २०८० जेठ १७ गते सञ्चालक समितिबाट राजीनामा दिएको कम्पनीले जनाएको छ ।

धितोपत्र बोर्डले सञ्चालक समितिमा रहेका संस्थापकहरुले धारण गरेको सेयरलाई सञ्चालक समितिबाट राजीनामा दिएको एक वर्षसम्म लकइन अवस्थामा रहने नियम लागू गरेको छ । सोही लकइन अवधि सकिएसँगै उक्त परिमाणको सेयरको लकइन खुलेको हो । लकइन खुलेको उक्त सेयर पब्लिक सेयर नभएकाले दोस्रो बजारमा नियमित कारोबारमा भने आउनेछैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको