Like us!
Follow us!
Connect us!
Watch us!

गृहमन्त्रीको फेसबुके निर्देशनकै भरमा नागरिकलाई सडकमा उभ्याउने काम गलत हो:रामहरि खतिवडा

अर्थ संसार

विहीबार, १७ जेठ २०८१, १५ : ३१ मा प्रकाशित

गृहमन्त्रीको फेसबुके निर्देशनकै भरमा नागरिकलाई सडकमा उभ्याउने काम गलत हो:रामहरि खतिवडा

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मापसे गर्‍यो यो भनेर सडकमा ठिंग्याएर राख्नु मान्छेको वैयक्तिक अधिकारमाथिको भएको टिप्पणी गरेका छन्। सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

 ‘हामीले संविधान निर्माण गर्‍यौँ। सबै जात, धर्म र वर्गको अधिकार पनि स्थापित गरेका छौँ। कानुनी राज्यको परिकल्पना पनि गरेका छौँ। कानुनी राज्य भनेको कसैको सनकका भरमा जतिखेर जे पायो त्यही निर्णय गर्ने होइन।’ उनले भनेका छन् । 

अहिले सडकमा केही मान्छेहरूलाई कुनै मन्त्रीको निर्देशनमा कुनै उपप्रधानमन्त्रीको निर्देशनमा बिहानदेखि बेलुका ठिंग्याएर कानूनबिना राख्ने प्रवृत्ति गलत भएको बताए।

उनले भने, ‘मापसे गर्‍यो भनेर सडकमा ठिंग्याएर राख्नु मान्छेको वैयक्तिक अधिकारमाथिको हनन हो। यो बारेमा छलफल अगाडि बढाउनुपर्ने जरुरी हामीले देखेका छौँ। अहिले कानूनी राज्य भनेको राणा शासन होइन। फेसबुकबाट निर्देशन दिने अनि कानून विपरीत नागरिकलाई सडकमा उभ्याउने काम गलत छ। यो पद्धतिविरुद्ध हामीले आवाज उठाउनुपर्नेछ। हामी यसबारेमा बैठक राख्छौँ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको