Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकका विदेशी सेयरधनीले संस्थापक सेयर नबेच्ने

अर्थ संसार

आइतबार, २० जेठ २०८१, १२ : ५० मा प्रकाशित

नबिल बैंकका विदेशी सेयरधनीले संस्थापक सेयर नबेच्ने

नबिल बैंकको संस्थापक सेयर धारण गरेको बङ्गलादेशको आइएफआइसी बैंकले कम्पनीको संस्थापक सेयर नबेच्ने भएको छ ।

बैंकले एक सूचना जारी गर्दै आइएफआइसी बैंकको नाममा तत्काल कायम रहेको १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता संस्थापक शेयर र सोबाट आर्जित बोनस शेयर समेत सम्पूर्ण बिक्री गर्न निवेदन फिर्ता लिएको तथा खरिदको प्रस्ताव पेश गर्नुहुने संस्थापक शेयरधनीलेसमेत निवेदन फिर्ता लिई शेयर खरिद बिक्रीको प्रक्रियाबाट बाहिरिएको जानकारी दिएको हो ।

आइएफआइसी बैंक २०७९ साल मंसिर १५ गतेको संस्थापक शेयर बिक्री सम्बन्धी सूचना प्रकाशन गरी प्राप्त आवेदन उपर नेपाल राष्ट्र बैंकबाट स्विकृति लिने कामकारवाही अगाडि बढाएको थियो । जेठ १९ गते  बसेको बैंकको सञ्चालक समितिको बैठकमा छलफल भएको बमोजिम उल्लिखित 'शेयरको खरिद-बिक्री स्थगन भएको विषयका सम्बन्धमा नियामक निकायहरूलाई समेत जानकारी गराउने निर्णय भएको बैंकले जनाएको हो ।

665c1c8be64ad.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको