Like us!
Follow us!
Connect us!
Watch us!

संघीय संसदका दुवै सदनको बैठक बस्दै

अर्थ संसार

सोमबार, २१ जेठ २०८१, ०८ : १० मा प्रकाशित

संघीय संसदका दुवै सदनको बैठक बस्दै

आज संघीय संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै छ ।

आज ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठकमा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । आइतबारदेखि शुरु भएको बजेटमाथिको छलफल आज पनि जारी रहने छ । आइतबारको छलफलमा २८ सांसदले भाग लिएका थिए ।  

त्यस्तै आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकारको बार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

त्यस्तै राष्ट्रिय सभाको बैठक १२: १५ बजे बोलाइएको छ । यस बैठकमा पनि बजेटमाथि छलफल हुने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको