Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्सको सम्पूर्ण कारोबार नेपाल क्लियरिङ हाउसबाट हुने

अर्थ संसार

सोमबार, २१ जेठ २०८१, १२ : १७ मा प्रकाशित

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्सको सम्पूर्ण कारोबार नेपाल क्लियरिङ हाउसबाट हुने

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)ले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स) लिमिटेडलाई गाभेको छ। जेठ २१ (आज) बाट नेपाल क्लियरिङ हाउसले यी दुवै संस्थाको कारोबार गर्नेछ।

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्सको सम्पूर्ण सम्पत्ति तथा दायित्व पनि एनसिएचएलमा सरेको छ। आज देखि ‘नेपाल क्लियरिङ हाउस लिमिटेडको नामबाट भुक्तानी तथा फर्छ्यौट सम्बन्धी कारोबार शुरु हुने नेपाल राष्ट्र बैंकले जनाएको छ। यी दुई कम्पनीबीच गत वैशाख २२ गते प्राप्तिका लागि अन्तिम सम्झौता भएको थियो। दुवै कम्पनीहरूले वैशाख १३ गते विशेष साधारण सभा आव्हान गरेर प्राप्ति प्रस्ताव पारित गरेका थिए।

बैंकद्वारा जारी सूचनामा भनिएको छ,‘यस बैंकबाट भुक्तानी प्रणाली सञ्चालकका कार्य गर्न अनुमतिपत्रप्राप्त संस्था नेपाल क्लियरिङ हाउस लिमिटेडले अको अनुमतिपत्रप्राप्त संस्था नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेडलाई प्राप्ति गरी साबिकको संस्था नेपाल इलेक्ट्राेनिक पेमेन्ट सिस्टम्स लिमिटेडको सम्पूर्ण सम्पत्ति तथा दायित्व प्राप्त गरेपश्चात नेपाल क्लियरिङ हाउस लिमिटेडमा सर्ने गरी नेपाल इलेक्ट्राेनिक पेमेन्ट सिस्टम्स् लिमिटेडबाट सन्चालन हुदै आएको सम्पूर्ण कारोबार मिति २०८१ जेठ २१ गते सोमबारबाट नेपाल क्लियरिङ हाउसबाट हुनेछ।’

एनसीएचएल र नेप्स बैंक तथा वित्तीय संस्थाहरूको प्रवर्द्धनमा नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त गरी कारोबार गर्दै आएका संस्था हुन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको