Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल क्लियरिङ्ग हाउसको ३० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा

अर्थ संसार

सोमबार, १० असार २०८१, १५ : ०२ मा प्रकाशित

नेपाल क्लियरिङ्ग हाउसको ३० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले  (एनसीएचएल) ३० हजार कित्ता संस्थापक सेयरको लिलामी बिक्री  खुला गरेको छ । मितेरी डेभलपमेन्ट बैंकको स्वामित्वमा रहेको एनसीएचएलको सेयर लिलामी बिक्रीमा आएको हो । जसको न्यूनतम मूल्य ७ सय रुपैयाँ राखिएको छ ।

बैंकका विद्यमान संस्थापक सेयरधनी वा अन्य बैंक तथा वित्तीय संस्थाहरूले यो सेयर खरिद गर्न पाउनेछन् । सेयर खरीदका लागि आवेदन दिंदा सबै कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ ।

उक्त सेयर किन्न चाहनेले सेयर संख्या र सोको मूल्य समेत खुलाई असार १२ गतेसम्म काठमाडौंको कमलादीस्थित बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।

तोकिएको अवधिभित्र प्राप्त गोप्य शिलबन्दी बोलपत्र असार १३ गते बिहान ११ बजे विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा खोलिने कार्यक्रम तय भइसकेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको