Like us!
Follow us!
Connect us!
Watch us!

३.९७ अंकले घट्यो सेयर बजार, ४ अर्ब माथिको कारोबार

अर्थ संसार

सोमबार, २१ जेठ २०८१, १५ : २५ मा प्रकाशित

३.९७ अंकले घट्यो सेयर बजार, ४ अर्ब माथिको कारोबार

आज नेप्से परिसूचकमा ३.९७ अंकले गिरावट आएको छ । आज नेप्सेमा ४ अर्ब ४० लाख बराबरको कारोबार भएर नेप्से परिसूचक ०.१९ प्रतिशतले घटेर २,०७९ को बिन्दुमा पुगेको हो ।

नेप्सेमा सोमबार ८८ लाख २० हजार १२५ वटा सेयर कारोबार हुँदा ११० कम्पनीको मूल्य वृद्धि भएको छ भने १२९ कम्पनीको मूल्यमा गिरावट आयो । त्यस्तै ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आज दिनभरिमा ४ अर्ब माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको  सेयर खरिदबिक्री भएको छ । आज यस कम्पनीको १४ करोड ८५ लाख रुपैयाँको  सेयर कारोबार भएको छ । पोखरा फाइनान्सको १३ करोड ८६ लाख रुपैयाँको  सेयरकारोबार भएको छ । ग्रिन भेञ्चरको १२ करोड ४० लाख रुपैयाँको  सेयरकारोबार भएको छ ।

आज सबैभन्दा धेरै बुद्ध भुमी नेपालका लागानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.६६ प्रतिशतका दरले कमाएका छन् । हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६.९१ प्रतिशतका दरले कमाएका छन् । नेशनल लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै एनआइबिएल स्टेबल फण्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाइधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको