नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.२२ अकंले बढेर २०८५.३० बिन्दुमा बन्द भएको छ । मंगलबार ४ अर्ब ८ करोड ४७ लाख १५ हजार रुपैयाँको कारोबार भएको छ ।
आज १२५ कम्पनीको सेयर मूल्य बढेको छ भने ११४ कम्पनीकोे सेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २० करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल फाइनान्सको १२ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
एनआरएनको ११ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।आज सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । महुली लघुवित्तका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् । हिमालयन लघुवित्तका लगानीकर्ताले पनि ७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै बुद्धभुमी नेपालका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५.५१ प्रतिशतका दरले गुमाएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस