Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधिसभाको बैठक बस्दै, सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

अर्थ संसार

बुधबार, २३ जेठ २०८१, ०९ : ०१ मा प्रकाशित

प्रतिनिधिसभाको बैठक बस्दै,  सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ । 

आजको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहनेछ । आज नै बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री वर्षमान पुनले दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । 

बैठकमा ‘विनियोजन विधेयक, २०८१’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ भने अर्थमन्त्री पुनले ‘विनियोजन विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’, भन्सार महसुल विधेयक २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको