Like us!
Follow us!
Connect us!
Watch us!

सत्तारुढ भाजपाले ६३ सिट गुमाउँदा भारतमा राजनीतिक अस्थीरताको गन्ध

अर्थ संसार

बुधबार, २३ जेठ २०८१, १० : ३६ मा प्रकाशित

सत्तारुढ भाजपाले ६३ सिट गुमाउँदा भारतमा राजनीतिक अस्थीरताको गन्ध

भारतीय लोकसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टीले अघिल्लो चुनावको तुलनामा ६३ सिट गुमाउँदा भारतमा हङ्ग पार्लियामेन्टको अवस्थासँगै राजनीतिक अस्थीरताको गन्ध महसुस गर्न थालिएको छ ।

अन्तिम मतगणना परिणाम अनुसार भाजपाले २४० स्थानमा मात्र विजय हासिल गर्न सफल भएको छ । २०१९ मा ३०३ सिट हासिल गरेको भाजपाको त्यसको तुलनामा यो संख्या ६३ सिटले कम हो । हाल बिजेपी आबद्ध एनडिए गठबन्धनले २९२ स्थानमा जीत हासिल गरेको छ । ५४३ सिटको लोकसभामा बहुमतका लागि २७२ सिट चाहिने हुन्छ । यसरी हेर्दा गठबन्धनले बहुमत पुर्याए पनि भाजपाले अघिल्लो चुनावमा जस्तो एकल बहुमत गुमाएको मात्रै छैन विपक्षी गठबन्धनलाई सत्तामा आँखा लगाउने अवसरसमेत मिलाइदिएको छ ।

एनडिएको विपक्षी गठबन्धन इन्डियाले अन्तिम मतगणना परिणाम अनुसार २३४ स्थानमा जीत हासिल गर्न सफल भएको छ जसमध्ये उक्त गठबन्धनको मुख्य घटक काङ्ग्रेस आइले ९९ सिट जितेको हो । अघिल्लो चुनावमा काङ्ग्रेस ५२ सिटमा सीमित रहेको थियो । यसरी विपक्षी गठबन्धनको सिट संख्या र भाजपाको एकल सिटसंख्या करिब उस्तै उस्तै हुँदा एनडिए गठबन्धनमा सानो फेरबदल आउँदा भाजपाको सत्तापलट हुने अवस्था बनेको छ ।

एनडिए गठबन्धनमा राजनीतिमा चलखेल गर्न माहिर नीतिश कुमार नेतृत्वको जनता दल (युनाइटेड) रहँदा भाजपालाई सत्ता जोगाउन थप लचिलो बन्नु पर्ने देखिन्छ । निकै लामो समय सत्ता बाहिर बसेको काङ्ग्रेसले सत्तामा फर्कन भाजपाले भन्दा धेरै लचकता देखाउने स्वभाविकै छ । त्यसबाहेक हरेक एजेन्डामा गठबन्धनको मुख ताक्नु पर्ने हुने हुँदा भाजपाले थप कठिनाई त खेप्नेछ नै भारतीय राजनीतिसमेत निकै तरल बन्ने देखिएको छ ।

दुई कार्यकाल एकल बहुमतसहित शक्तिशाली सरकार सम्हालेका नरेन्द्र मोदीलाई यसपटकको चुनाव निकै महङ्गो पर्ने विश्लेषकहरु बताउँछन् । "मोदीराज" ढाल्न गठबन्धन भत्काउने प्रयास समेत थालिसकिएको समाचारहरु बाहिँरिदा भारतको अस्थीरताले छिमेकी नेपाललगायतका देशमा समेत कुटनीतिक, राजनीतिकदेखि सामाजिक प्रभाव पर्ने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको