Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा साढे ५ अंकको गिरावट, ३ अर्ब ९९ करोडको कारोबार

अर्थ संसार

बुधबार, २३ जेठ २०८१, १५ : २६ मा प्रकाशित

नेप्सेमा साढे ५ अंकको गिरावट, ३ अर्ब ९९ करोडको कारोबार

आज सेयर बजार घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ५.५८ अकंले घटेर २०७९.७१ बिन्दुमा बन्द भएको हो । बुधबार ३ अर्ब ९९ करोड २९ लाख ७६ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । 

बुधबार एनआरएन इन्फाइन्ट्रचरको १९ करोड रुपैयाँ, सिइडिबि हाइड्रोपारको १८ करोड रुपैयाँको कारोबार भएको छ ।आज यस कम्पनीको १९ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सिइडिबी हाइड्रोको १८ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सानिमा माइ हाइड्रोको १६ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै भगवती हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.८३ प्रतिशतका दरले कमाएका छन् । माइ खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.६५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै अपर लोहोरे खोलाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५.५१ प्रतिशतका दरले गुमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको