Like us!
Follow us!
Connect us!
Watch us!

सरकारको प्राथमिकतामा पूँजीबजार परेको छः नवराज अधिकारी

अर्थ संसार

शुक्रबार, २५ जेठ २०८१, १२ : १५ मा प्रकाशित

सरकारको प्राथमिकतामा पूँजीबजार परेको छः  नवराज अधिकारी

नेपाल धितोपत्र बोर्डका प्रमुख कार्यकारी निर्देशक नवराज अधिकारीले पूँजीबजारलाई प्राथमिकता सरकारले दिँदै आएको बताएका छन् । बोर्डको ३२ औं वार्षिकोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन् ।

धितोपत्र बजार तथा वस्तु विनिमय बजार सुधार तथा विकास विस्तारमा सरकारको प्राथमिकतामा रहेको उनले बताए । नेपाल सरकारको आर्थिक वर्ष २०८१।८२ को नीति तथा कार्यक्रममा नियमन र सुपरिवेक्षणलाई सुदृढ गर्दै वित्तीय क्षेत्रलाई स्वस्थ, प्रतिस्पर्धी र भरपर्दो बनाइने बिषय राम्रो रहेको उल्लेख गरे ।

‘बैंक तथा वित्तीय संस्था, लघुवित्त, सहकारी, बीमा र पूँजीबजारमा देखिएका समस्या समाधान गर्न विभिन्न समयमा भएका अध्ययनबाट प्राप्त सुझावहरु क्रमशः कार्यान्वयन गरिनेछ भन्ने समावेश गरिएको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८१।८२ को बजेट वक्तव्यको बुँदा नं ९० मा विभिन्न सम्झौतित कोषको रकम प्राइभेट इक्विटी फण्ड र भेञ्चर क्यापिटल फण्डका धितोपत्र एकाइमा लगानी गर्ने व्यवस्था मिलाईनेछ । बुँदा नं २७६ मा वित्तीय क्षेत्रसँग सम्बन्धित कानुनलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल बनाईनेछ’ अधिकारीले भने ।

धितोपत्र बोर्ड नेपाल र नेपाल बीमा प्राधिकरणको संस्थागत सुधार, पूँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षण गर्न धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिंग लिमिटेडको संरचनागत सुधार गरिने विषय राम्रो रहेको उनको भनाई थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको