दुई कम्पनीको ३७ लाख ६५ हजार कित्ता बोनस सेयर आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
स्टकका अनुसार नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्ता पुँजीको ७.५० प्रतिशतले हुन आउने ८ लाख १३ हजार १५४.६६४ कित्ता सेयर र माउन्टेन इनर्जी नेपाल लिमिटेडको चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने २९ लाख ५२ हजार ४०.५० कित्ता बोनस आज नेप्सेमा सेयर सूचीकृत भएको हो ।
आइतबार सूचीकृत भएको दुबै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजार मार्फत खरिद बिक्री गर्न सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस