Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारण सभा सम्पन्न,लाभांश प्रस्ताव पारित

अर्थ संसार

सोमबार, २८ जेठ २०८१, १३ : ३७ मा प्रकाशित

आइएमई लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारण सभा सम्पन्न,लाभांश प्रस्ताव पारित

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सोमबार सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्केट क्याटरिङ्ग एण्ड इभेन्ट प्रा.लि.मा सम्पन्न भएको हो ।

सभा मार्फत कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी चार अर्ब रुपैयाँको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३१५८ प्रतिशतले हुन आउने ५ करोड २६ लाख ३१ हजार ५ सय ७९ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । 

सभाले गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने र सर्वसाधारण सेयरधनी समूहबाट एक जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पारित पारित गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको