Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सामान्य बृद्धि,कारोबार पाँच अर्ब ८९ करोड

अर्थ संसार

बुधबार, ३० जेठ २०८१, १५ : २६ मा प्रकाशित

सेयर बजारमा सामान्य बृद्धि,कारोबार पाँच अर्ब ८९ करोड

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.३७ अकंले बढेर २१२१.६२ बिन्दुमा बन्द भएको छ । बुधबार ३१२ कम्पनीको १ करोड २९ लाख ५० हजार ४०७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सिइडिबी हाइड्रको २४ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ग्रिन लाइफ हाइड्रको १९ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै समृद्धि फाइनान्स र मिड सोलुका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । साधना लघुवित्त वित्तीय संस्थाका लगानीकताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । ग्रिन लाइफ हाइड्रोका लगानीकर्ताले पनि ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सयपत्री हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको