Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधि सभा बैठक : तीन मन्त्रालयका विनियोजन विधेयकमा छलफल हुने

अर्थ संसार

विहीबार, ३१ जेठ २०८१, ०८ : २६ मा प्रकाशित

प्रतिनिधि सभा बैठक : तीन मन्त्रालयका विनियोजन विधेयकमा छलफल हुने

प्रतिनिधि सभा बैठकमा आज पनि  बिहान ११ बजे बस्दैछ। बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत तीन मन्त्रालय अन्तर्गत विभिन्न शीर्षकमा छलफल हुने कार्यसूची रहेको छ। 

आज उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ। 

प्रतिनिधिसभामा यही जेठ २९ गतेदेखि विनियोजन विधेयकमाथि छलफल सुरु भएको हो।  हिजो सहरी विकास, रक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको