Like us!
Follow us!
Connect us!
Watch us!

विजय लघुवित्तले लाभांश नबाँड्ने

अर्थ संसार

आइतबार, ०२ असार २०८१, १० : १७ मा प्रकाशित

विजय लघुवित्तले लाभांश नबाँड्ने

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश नदिने भएको छ ।

असार १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यसपटक लाभांश नबाँड्ने निर्णय गरेको हो । बैठकले आव ०७९/८० को वित्तीय विवरण अनुसार कायम रहेको वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांस वितरण नगर्ने र सोही बमोजिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरिने र स्वीकृत पश्चात आगामी वार्षिक साधारण सभामा स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको जनाइएको छ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले बुकक्लोज मिति भने तय गरेको छैन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको