Like us!
Follow us!
Connect us!
Watch us!

उत्तर कोरियापछि भियतनाम पुगे पुटिन

अर्थ संसार

विहीबार, ०६ असार २०८१, ११ : ३४ मा प्रकाशित

उत्तर कोरियापछि भियतनाम पुगे पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाको भ्रमण सकेर भियतनाम पुगेका छन् । उनको विमान बिहीबार बिहान राजधानी हनोईको नोइ बाई विमानस्थलमा अवतरण भएको थियो ।

पुटिनलाई विमानस्थलमा भियतनामका उपप्रधानमन्त्री ट्रान होङ हा र कम्युनिष्ट पार्टी अफ भियतनाम (सीपीसी) केन्द्रीय समितिका प्रमुख ली होइ ट्रुङले स्वागत गरेका थिए ।

रुसी सञ्चारमाध्यम आरटीका अनुसार पुटिनले राष्ट्रपति तो लाम र प्रधानमन्त्री फाम मिन्ह चिन लगायतका शीर्ष भियतनामी अधिकारीहरूसँग भेट गर्नेछन् ।

उक्त वार्तामा दुई देशबीच आर्थिक साझेदारी, व्यापार, वैज्ञानिक तथा प्राविधिक सहयोगका साथै अन्य विषयमा छलफल हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको