Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीलाई सांसदको प्रश्न: प्रस्तावित बजेटको समर्थन गर्नुहुन्छ कि विरोध ?

अर्थ संसार

विहीबार, ०६ असार २०८१, १३ : ५० मा प्रकाशित

प्रधानमन्त्रीलाई सांसदको प्रश्न: प्रस्तावित बजेटको समर्थन गर्नुहुन्छ कि विरोध ?

नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले प्रधानमन्त्री पुष्पकमल दाहालको प्रतिबद्धताविपरित आएको बजेटको समर्थन गर्नुहुन्छ कि विरोध भनेर प्रश्न गरेका छन्।

प्रतिनिधिसभामा बिहीबार चलिरहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा सहभागी हुँदै सांसद गैरेले तीन करोडभन्दा साना योजनामा बजेट विनियोजन भएको भन्दै यस्तो प्रश्न सोधेका हुन्।

‘प्रधानमन्त्रीज्युले संविधानको मर्म र भावना अनुरूप सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि यहाँले संघीय सरकारले कुनैपनि योजनामा ३ करोडभन्दा कम बजेटका योजना विनियोजन नगर्ने प्रतिबद्धता राख्नुभएको थियो,’ सांसद गैरेले भने, ‘सहरी विकासलगायतका मन्त्रालयले हजारौँ पाँचखाल, तीन लाख, एक लाख र केही योजनाहरू हजारका योजनाहरू परेका छन् । यसरी बजेट विनियोजन गर्दा तपाईँले गर्नुभएको घोषणाको अपहास भएन र ?’ उनले यसरी बजेट विनियोजन गर्ने मन्त्रीहरूलाई पुरस्कृत गर्नुहुन्छ वा के ? भनेर अर्को प्रश्न गरे।

‘तपाईँ प्रस्तुत बजेटको समर्थन गर्नुहुन्छ कि विरोध रु वा सच्याउन निर्देशन दिनुहुन्छ,’ सांसद गैरेको प्रश्न थियो।

जवाफमा प्रधानमन्त्री दाहालले आफू आफ्नो प्रतिबद्धतामा दृढ रहेको बताए। उनले भने, ‘सरकारले बजेट विनियोजन गर्दा व्यवहारिक र प्रतिफलप्राप्त होस् भनेर संघ, प्रदेश स्थानीय तहमा दोहोरोपन आयोजनाहरूबिच हुन नदिने, ठुला आयोजना सङ्घबाट कार्यान्वयन गर्ने, मझौला प्रकृतिका आयोजना प्रदेशबाट र साना आयोजना स्थानीय सरकारबाट कार्यान्वयन गर्ने विषयमा अहिले पनि स्पष्ट र दृढ छ।’

वित्तीय हस्तान्तरण अन्तर्गत सशर्त अनुदान तर्फका कतिपय आयोजना पूरा गर्न कम रकम देखिएपनि ३ करोडभन्दा कम रकम विनियोजन भएका आयोजनाहरू प्रदेश र स्थानीय तहबाटै कार्यान्वयन गरिने प्रधानमन्त्री दाहालले जवाफ दिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको