Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधि सभाको बैठक बस्दै,सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० टेबुल गरिने

अर्थ संसार

सोमबार, १० असार २०८१, ०८ : १२ मा प्रकाशित

प्रतिनिधि सभाको बैठक बस्दै,सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० टेबुल गरिने

आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्दै छ ।  

बैठकमा विनियोजन विधयेकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले लिने कार्यसूची छ भने विभिन्न खर्च कटौतीका प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।  

त्यस्तै विनियोजन विधेयक २०८१ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।  

त्यसैगरी आज राष्ट्रियसभामा उत्पति भएको 'सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८०' का सम्बन्धमा प्राप्त सन्देशसहितको टेबुल गरिने सम्भावित कार्यसूचीमा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको