Like us!
Follow us!
Connect us!
Watch us!

सीआईटीको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, ११ असार २०८१, १० : ४५ मा प्रकाशित

सीआईटीको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट (सीआईटी) को ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

प्रतिकित्ता न्यूनतम ७३९ रुपियाँ तोकिएको उक्त सेयरमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले मात्रै आवेदन दिन पाउनेछन् । 

लगानीकर्ताले सेयर खरिदका लागि बोलकबोल गर्दा घटीमा १० हजार कित्ता र बढीमा १०० ले भाग जाने गरी सबै कित्ता खरिदका लागि आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल, एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय वा विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा आवेदन दिनुपर्नेछ । 

आवेदन असार ११ (आज) देखि १८ गतेसम्म दिन सकिनेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको