Like us!
Follow us!
Connect us!
Watch us!

भेनेजुएला कोपा अमेरिकाको क्वाटरफाइनलमा

अर्थ संसार

विहीबार, १३ असार २०८१, ०९ : ०१ मा प्रकाशित

भेनेजुएला कोपा अमेरिकाको क्वाटरफाइनलमा

भेनेजुएला कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेको छ । विहिबार बिहान सम्पन्न खेलमा भेनेजुएलाले मेक्सिकोलाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेर क्वाटरफाइनलमा पुगेको हो ।

मेक्सिकोविरुद्धको जितमा खेलको ५७औं मिनेटमा सालोमोन रोनडोनले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । उनले पेनाल्टी मार्फत गोल गरेका थिए ।

यो जितपछि २ खेलमा ६ अंकसहित शिर्ष स्थानमा रहेको छ र क्वाटरफाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको छ । त्यस्तै मेक्सिकोको भने २ खेलमा ३ अंक रहेको छ र समुहमा तेस्रो स्थानमा छ ।

अब भेनेजुएलाले समुह चरणको अन्तिम खेल जुलाई १ मा जमैकासँग खेल्ने छ भने मेक्सिकोले सोहि दिन इक्वेडरसँग खेल्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको