Like us!
Follow us!
Connect us!
Watch us!

ओली–देउवालाई बालेनको कटाक्षः काले काले मिलेर खाऊँ भाले

अर्थ संसार

मंगलबार, १८ असार २०८१, १० : २५ मा प्रकाशित

ओली–देउवालाई बालेनको कटाक्षः काले काले मिलेर खाऊँ भाले

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले संसदका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको पछिल्लो राजनीतिक घटनाक्रमप्रति कटाक्ष गरेका छन् । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आपसमासँगै बसेको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै उनले काले काले मिलेर खाऊँ भाले भन्दै कटाक्ष गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊँ भाले’
। 
यस्तै उनले आफ्नै पोस्टमा गिरिबन्धुको फाइल खोल्ने हल्लाका बीच उल्टो त्यस्तो जग्गा एकपल्टलाई बेच्न दिने विधेयक संसदबाट पास भएको आश्चर्य व्यक्त गर्दै कमेन्ट पनि गरेका छन् ।

उनले भनेका छन्, ‘गिरिबन्धुको फाइल खोल्ने हल्लाका बीच उल्टो त्यस्तो जग्गा एकपल्टलाई बेच्न दिने विधेयक संसदबाट पास भएछ,नेपाल मजदुर किसान पार्टी र कांग्रेसका केही सांसदले विरोध गरे पनि एमाले, माओवादी र रास्वपाले समर्थन गरेपछि यो विधेयक पास भयो,अब विरोध गरेको कांग्रेसले हल्ला भएजस्तै सरकार फेरियो भने भोलिबाट समर्थन जनाउनेछ अनि आज विधेयक पास गर्ने रास्वपा र माओवादीले चर्को स्वरमा गिरिबन्धुको नाम काढ्नेछन् र सदन बन्द गर्नेछन् ।’

6683859bd8d51.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको