Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्स बिच हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारी

अर्थ संसार

विहीबार, २० असार २०८१, १२ : ५५ मा प्रकाशित

ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्स बिच हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारी

 ग्लोबल आइएमई बैंक लिमिटेड र भूमि डेभलपर्स प्रा.लि. तथा प्यासिफिक डेभलपर्स प्रा.लि.बीच हरित आवास कर्जा प्रवाह गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

उक्त समझदारीअनुसार बैंकले ललितपुरको गोदावरी नगरपालिका–३, किटिनीस्थित भूमि डेभलपर्स तथा प्यासिफिक डेभलपर्सले निर्माण गर्ने वातावरण मैत्री आवासीय घर खरिदकर्ताहरूलाई सहज रूपमा कर्जा प्रवाह गर्नेछ ।

भूमि तथा प्यासिफिक डेभलपर्सले बिक्री गर्ने वातावरणमैत्री आवासीय घरहरू खरिद गर्न चाहने ग्राहकलाई तीन कार्यदिनभित्र सरल र सहज कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ । साथै ग्लोबल आइएमई बैंक भूमि तथा प्यासिफिक डेभलपर्सले निर्माण गर्ने परियोजनाको बैंकिङ साझेदारीको रूपमा समेत रहनेछ ।

उक्त समझदारी पत्रमा बैंकको तर्फबाट साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र डेभलपर्सका तर्फबाट सञ्चालक वेंकटेश मुन्दराले हस्ताक्षर गरेका हुन् ।

बैंकले १२ करोड रुपैयाँसम्म प्रवाह गर्ने हरित आवासीय घर कर्जा सात वर्षसम्मको अवधिका लागि ८.९९ प्रतिशत स्थिर ब्याजदरमा उपलब्ध गराउनेछ । सोपश्चात् कुल कर्जा अवधिको अधिकतम ३० वर्षसम्मका लागि १.७५ प्रतिशतको प्रिमियम दरमा उपलब्ध हुने जनाइएको छ ।

इको–फ्रेन्डली घर÷भवन र अपार्टमेन्टहरूको निर्माण गर्न, पर्यावरण–मैत्री व्यक्तिगत घर वा आवासीय अपार्टमेन्ट तथा फ्ल्याटहरू खरिद गर्न यो कर्जा लिन सकिनेछ । वातावरणमैत्री उपायहरू अवलम्बन गर्ने क्रममा विद्यमान भवनहरूलाई पर्यावरणमैत्रीमा स्तरोन्नति तथा इको–फ्रेन्डली भवनहरूको मर्मतसम्भारका लागि समेत यस कर्जाको उपभोग गर्न सकिनेछ ।

ग्लोबल आइएमई बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ । 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको