Like us!
Follow us!
Connect us!
Watch us!

बचतपत्र धनीहरूलाई यथाशीघ्र भुक्तानी लिन राष्ट्र बैंकको आग्रह

अर्थ संसार

विहीबार, २० असार २०८१, १२ : ५९ मा प्रकाशित

बचतपत्र धनीहरूलाई यथाशीघ्र भुक्तानी लिन राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैङ्कले बचत पत्र धनीहरूलाई यथाशीघ्र भुक्तानी लिन सार्वजनिक आह्वान गरेको छ । 

नेपाल सरकारको तर्फबाट केन्द्रीय बैङ्कमार्फत जारी भएका नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्र खरिद गरेका लगानीकर्ताहरूले पाकेको साँवा ब्याज भुक्तानी लिन नआएको भन्दै राष्ट्र बैङ्कले सार्वजनिक सूचना गरेको हो । बिहीबार सूचना प्रकाशित गर्दै राष्ट्र बैङ्कले २०८१ जेठ मसान्तसम्म परिपक्व भएको साँवा तथा आर्जित ब्याज रकम भुक्तानी लिन बाँकी रहेका लगानीकर्ताहरूलाई यथाशीघ्र भुक्तानी लिन आग्रह गरेको छ । 

केन्द्रीय बैङ्कले सरकारी ऋणपत्र तथा बचत पत्र जारी गर्दै सरकारका लागि आन्तरिक ऋण उठाउने गर्छ । तथापि, पछिल्लो समय यस्तो ऋण उठाउने र भुक्तानी गर्ने जिम्मेवारी सार्वजनिक ऋण व्यवस्थापन कार्यालयलाई सुम्पिएको छ । यसअघिको असुली तथा भुक्तानीको बाँकी दायित्व राष्ट्र बैङ्कले पुरा गर्न लागेको हो । 

66864c7c62fab.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको