Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : घनश्याम भुसाल

अर्थ संसार

विहीबार, २० असार २०८१, १६ : १६ मा प्रकाशित

प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : घनश्याम भुसाल

नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसालले प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिए पक्षमा मतदान गर्ने बताएका छन् । 

बिहीबार पार्टीको महाधिवेशनस्थल प्रज्ञा भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै भुसालले विश्वासको मत लिने वा नलिने अधिकार प्रधानमन्त्रीलाई रहेको भन्दै प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिए पक्षमा मतदान गर्ने बताएका हुन् । 

उनले प्रधानमन्त्री प्रचण्डले सरकार नछाडेसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारे । कांग्रेस–एमालेबीचको सहमतिलाई सतर्कताका साथ हेरिरहेको उनको भनाइ छ । उनले संविधान संशोधनको मुद्दा स्पष्ट रुपमा बाहिर नआइसकेको भन्दै स्पष्ट रुपमा आए पार्टीमा छलफल गर्ने जिकिर गरे । 

उनले पार्टी नेतृत्व चयनका विषयमा सकारात्मक रुपमा सहमतिको प्रयास भइरहेको भन्दै निराश हुनुपर्ने अवस्था नरहेको बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको