Like us!
Follow us!
Connect us!
Watch us!

अर्जेन्टिनाका कप्तान लियोनल मेसी घाइते, केही दिन उपचारमा रहने

अर्थ संसार

मंगलबार, २२ कार्तिक २०७९, ११ : ५२ मा प्रकाशित

अर्जेन्टिनाका कप्तान लियोनल मेसी घाइते, केही दिन उपचारमा रहने

अर्जेन्टिनाका कप्तान तथा फुटबल स्टार लियोनल मेसी घाइते भएका छन् । विश्वकप सुरू हुन दुईसाता मात्रै हुँदा उनी घाइते भएको सीएनएनले जनाएको छ।

उनको पिँडुला सुन्निएकाले चिकित्सकले आराम गर्न सुझाएको उनि आवद्ध फ्रान्सेली क्लब पीएसजीले जनाएको छ। ‘लिओ मेसीको पिँडुला सुन्निएकाले उनलाई सावधानी अपनाउन भनिएको छ। उनी केही दिन उपचारमा रहनेछन्,’ पीएसजीले जारी गरेको वक्तव्यमा भनिएको छ। 

मेसीका लागि यो विश्वकप नै अन्तिम विश्वकप हुने घोषणा उनले यसअघि नै गरीसकेका छन् । विश्वकप अर्जेन्टिनाका लागि ट्रफी भित्र्याउने अन्तिम मौका रहेको उनले बताइसकेका छन् । उनी घाइते भएको खबरले अर्जेन्टिनाका समर्थकमा समेत निरासा छाएको छ । 

यद्यपी केहि दिनको आराम पछि उनि अर्को साताबाट सूरु हुने सामुहिक अभ्यासमा सहभागि हुनसक्ने अपेक्षा गरिएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको