Like us!
Follow us!
Connect us!
Watch us!

सरकार परिवर्तन भए पनि नीति तथा योजनालाई निरन्तरता दिनुपर्छ : मन्त्री पुन

अर्थ संसार

शुक्रबार, २१ असार २०८१, १२ : १४ मा प्रकाशित

सरकार परिवर्तन भए पनि नीति तथा योजनालाई निरन्तरता दिनुपर्छ : मन्त्री पुन

अर्थमन्त्री  वर्षमान पुनले राजनीतिक अस्थिरता भएपनि नीतिलाई निरन्तरता दिनु पर्ने बताएका छन् । कृषि क्षेत्रको रूपान्तरणमा नेपाल भन्ने एक दिने सम्मेलनमा पुनले कृषि लगानी दशक विगत देखिको नै योजना  भएकाले र त्यसलाई निरन्तरता दिएको बताएका हुन् । 

'कृषि लगानी दशक पहिलाकै साथीहरूले अध्ययन गर्नु भएको हो, यस योजनालाई मैले निरन्तरता दिएका छु', उनले भने  'भोलिको दिनमा सरकार परिवर्तन भए पनि नीति तथा योजनालाई निरन्तरता दिनुपर्छ ।'

मन्त्री पुनले  भौगोलिक अवस्था अनुसार छिमेकी मुलुकमा बजारको सम्भावना भएको कृषि उपज उत्पादनमा जोड दिनु पर्ने बताए । 'बर्खामा तराई लगायत भारतको केही क्षेत्र डुबानमा पर्छ, यसलाई मध्यनजर गरेर कृषिमा लगानी गर्नुपर्छ' उनले भने । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको