Like us!
Follow us!
Connect us!
Watch us!

सांसदहरुका १२ प्रश्नमा अर्थमन्त्री पुनको जवाफ

अर्थ संसार

शुक्रबार, २१ असार २०८१, १४ : ५९ मा प्रकाशित

सांसदहरुका १२ प्रश्नमा अर्थमन्त्री पुनको जवाफ

अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय सभामा उठेका १२ प्रश्नको जवाफ दिएका छन् । शुक्रबारको राष्ट्रियसभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका हुन् ।

अर्थमन्त्री पुनले मुलुकको चालु आर्थिक वर्षको कुल ग्रार्हस्थ उत्पादनको आकार, सार्वजनिक वित्तको अवस्था र विगतका बजेटका आकारको तुलनामा बजेटको आकार महत्वाकांक्षी नरहेकाे दाबी गरे ।

बजेटको कार्यदिशा अर्थतन्त्रलाई थप चलायमान बनाउन निजी क्षेत्र समेतको मनोबल बढाउने रहेकोले बजेट वितरणमुखी नभई उत्पादनमुखी रहेको उनले बताए ।

त्यस्तै, अर्थमन्त्री पुनले सरकारले आवद्यिक रूपमा बजेट तर्जुमा गर्दा प्रचलित ऐन, कानुन,बजेट तर्जुमा दीग्दर्शन एवं स्वीकृत प्रणाली अनुरूप छलफल तथा स्वीकृति गर्ने प्रकृयामा सबै जनप्रतिनिधिको अहम भूमिका र अधिकार समान छ भन्ने विश्वास दिलाए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको