Like us!
Follow us!
Connect us!
Watch us!

दबाबबाट प्रधानमन्त्रीको राजीनामा आउँदैनः अर्थमन्त्री

अर्थ संसार

आइतबार, २३ असार २०८१, १७ : ३४ मा प्रकाशित

दबाबबाट प्रधानमन्त्रीको राजीनामा आउँदैनः अर्थमन्त्री

अर्थमन्त्री वर्षमान पुनले एमाले र कांग्रेस मिल्दा दबाब भए पनि प्रधानमन्त्रीले संसदबाट विश्वास मत लिएर मात्रै छाड्ने बताएका छन्।

आइतबार संसदबाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अर्थमन्त्री पुनले एमाले–कांग्रेस सत्ता समीकरण संविधान संशोधन गरी प्रश्चगमनतिर लैजाने गरी भएको दाबी गरे।

उनले संसद फेस गरेर प्रधानमन्त्रीले एमाले र कांग्रेससँग दुई दल किन मिलेका हुन् भनेर प्रश्न गर्न खोजेको बताए। संविधान संशोधन भनेको पश्चगमनतिर जानु भएको भन्दै अग्रमनतिर गए माओवादी पनि संविधान संशोधनको पक्षमा रहेको उनको भनाइ थियो।

उनले माओवादीले कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचनमा जाँदा समर्थन गर्ने भन्दै किन एक्लै हिँड्न खोज्नुभयो? भन्ने प्रश्नको जवाफ चाहेको बताए।

उनले एमाले–कांग्रेस गणतन्त्र, संघीयता, समानुपातिक र समावेशीताबाट पछाडि हट्न खाजेको भन्दै माओवादीलाई स्वीकार्य नहुने चेतावनी दिए। उनले सुशासनको पक्षमा काम गरेको र ठूला फाइलहरु खाल्न सुरु गर्दा एमाले–कांग्रेस आत्तिएर गठबन्धन गरेको आरोप लगाए।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको