ज्योति विकास बैंकले संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ। कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
बैंकको उक्त सेयर संस्थापक सेयरधनीले खरीद नगरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो ।
बैंकले बिक्रीमा ल्याएको सेयरको संख्या भने खुलाएको छैन् । उक्त सेयर खरीद गर्न इच्छुक सर्वसाधारण व्यक्ति तथा कम्पनीले ३५ दिनभित्र आवश्यक पर्ने कागजातसहित काठमाडौं कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा खरीद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस