Like us!
Follow us!
Connect us!
Watch us!

ढुक्क हुनुस् स्वर्ग जाँदा तपाईंलाई पनि सँगै लिएर जान्छौंःयोगेश भट्टराई

अर्थ संसार

शुक्रबार, २८ असार २०८१, १५ : २७ मा प्रकाशित

ढुक्क हुनुस् स्वर्ग जाँदा तपाईंलाई पनि सँगै लिएर जान्छौंःयोगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले देशलाई अग्रगमनमा लैजान आफूहरुले  प्रचण्डको सहभागितासहित संविधान संशोधन गर्न चाहेको बताएका छन् ।

प्रतिनिधिसभामा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भनेका छन् ‘तपाईंको सहभागितासहित संविधान संशोधन गर्न चाहन्छौं । तपाईंलाई पनि अब जाने ठाउँ छैन । कहाँ जानुहुन्छ ? प्रतिरोध गर्छु, व्रिदोह हुन्छ भन्नुहुन्छ भने अब सम्भव छैन, अब बाटो छैन ।’ 

भट्टराईले पदका लागी मात्रै एमाले अध्यक्ष ओलीले  स्वर्ग नर्क सँगै जाने कुरा नगरेको समेत स्पष्ट पारे ।

 ‘हाम्रो अध्यक्षले स्वर्ग गए पनि नर्क गए पनि सँगै भनेको तपाईंको पदको लागि होइन । सँगै जाऔंला नि भनेको हो । त्यसैले स्वर्ग जाँदा तपाईंलाई पनि सँगै लिएर जान्छौं । नर्क त जाँदै जाँदैनौं । यति कुरा ढुक्क हुनुस् । तपाईंलाई छुट्न दिँदैनौं । छुटेर जाने तपाईंको पनि ठाउँ छैन ।’उनले भने


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको