Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम कमर्सियल बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

अर्थ संसार

शुक्रबार, २८ असार २०८१, १७ : ४३ मा प्रकाशित

प्राइम कमर्सियल बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

प्राइम कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्काशन प्रयोजनार्थ सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक साथै डिबेञ्चर ट्रष्टी नियुक्त गरेको छ।

बैंकले १० वर्ष अवधिको वार्षिक ८ प्रतिशत ब्याजदर भएको ‘८% प्राइम डिबेञ्चर २०९१’ ऋणपत्र निष्काशन गर्न लागेको हो। बैंकले प्रति ऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३०,००,००० कित्ता ऋणपत्र निष्काशन गर्नेछ।

सोमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२,००,००० कित्ता सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्नेछ। सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६०,००० कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि सुरक्षित गरिनेछ।

उक्त क्रममा प्राइम कमर्सियल बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिव मानन्धरले र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको